Information is intelligence
HomeCulture & Religionसाउनकाे अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचाे

साउनकाे अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचाे

- Advertisement -spot_img

आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ । साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् ।

विशेष गरेर साउनको सोमवार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ । सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् ।

सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुईंटेल) आचार्यले मन्दिर बाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताइन् । पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजागर्न नपाएकोले मन खिन्न भएको उनले बताइन् । मन्दिर भित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु