Information is intelligence
HomePoliticsप्रदेश २ का प्रदेश प्रमुख झालाई बर्खास्त गर्ने तयारी

प्रदेश २ का प्रदेश प्रमुख झालाई बर्खास्त गर्ने तयारी

- Advertisement -spot_img

काठमाडौं । सरकारले प्रदेश नम्बर २ प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्ने तयारी गरेको छ ।

गत फागुन ७ गते तिलक परियारलाई हटाउँदै तत्कालीन केपी ओली नेतृत्वको सरकारले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले झालाई पनि वर्खास्त गर्ने तयारी गरेको हो ।

‘सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झालाई हटाउने तयारी गरेको छ’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले भन्यो, ‘झालाई हटाएपछि तराई मधेसका पुराना राजनीतिज्ञलाई प्रमुख बनाउने तयारी गरिएको छ ।’ प्रदेश प्रमुख बदल्ने घोषणा सम्भवतः आजै आउने ती नेताले दाबी गरे ।

सरकारले केही समय अघि गण्डकी र लुम्बिनीमा पनि प्रदेश प्रमुख बदलेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु