Information is intelligence
HomeSportsरियलसँग कोर्टुवाको थप पाँच वर्ष सम्झौता

रियलसँग कोर्टुवाको थप पाँच वर्ष सम्झौता

- Advertisement -spot_img

रियल मड्रिडका गोलकिपर कोर्टुवा थिवाउटले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । ला लिगा क्लब रियलले सोमबार गोलकिपरले सम्झौता नवीकरण गरेको जनाएको छ ।

बेल्जियमका गोलकिपरले क्लबसँग थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् । अब कोर्टुवा सन् २०२६ को जुन ३० सम्म रियलमा रहने छन् । २९ वर्षीय गोलकिपर सन् २०१८ मा चेल्सीबाट रियल आएका थिए ।

रियलका लागि उनले १ सय ३० खेलमा ५२ क्लिन सिट निकालेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु