Information is intelligence
HomeScience & Technologyजगदम्बा मोटर्सद्वारा अपाचे १६० टूभी सार्वजनिक

जगदम्बा मोटर्सद्वारा अपाचे १६० टूभी सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं (अस) । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे१६० टूभीको नयाँ मोडल सार्वजनिक गरेको छ । जगदम्बाले काठमाडौंको सानो भ¥याङ सोरुमबाट उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

अपाचे१६० टूभीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरिएकाले पहिलाको सोही गाडीको संस्करणभन्दा फरक डिजाइनको रहेको कम्पनीले बताएको छ ।

मोटरसाइकलमा रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले, बेस्ट इनक्लास आरटीआर ओभरस्क्वेर इन्जिन रहेको छ, जसले ८००० आरपीएममा १४.१४ पीएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ । यो मोटरसाइकल पर्ल ह्वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले यसको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु