Information is intelligence
HomeJobsकतारमा एकै कम्पनीले माग्यो ३०० जना नेपाली कामदार

कतारमा एकै कम्पनीले माग्यो ३०० जना नेपाली कामदार

- Advertisement -spot_img

काठमाडौं,कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको REDCO INTERNATIONAL WLL ले ३०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ४२ हजार माथि  रहेको छ । इच्छुक कामदारले अल समित म्यानपावर प्रा.लि. सामाकोशी,टाउनप्लानिङ काठमाडौमा भदौ ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिर्नु पर्नेछ । 

यस्तै,भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्ने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु