Information is intelligence
HomeShare Bazarसीइडीबी हाइड्रोपावरको नाफा ११० प्रतिशतले बढ्यो

सीइडीबी हाइड्रोपावरको नाफा ११० प्रतिशतले बढ्यो

- Advertisement -spot_img

सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष कम्पनीले खुद नाफा ११०.५९ प्रतिशतले वृद्धि गरी १६ करोड १४ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा भने ७ करोड ६६ लाख ६५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।
 
सीइडीबीले सेवा शुल्क र अन्य आम्दानी उल्लेख्य रुपमा बढपछि खुद नाफामा आकर्षक सुधार भएको हो । सेवा शुल्कमार्फत आम्दानी ९८.१४ प्रतिशतले वृद्धि गरी १८ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, गत वर्ष १ लाख २० हजार रुपैयाँ मात्र रहेको अन्य आम्दानी अहिले २ करोड ५३ लाख ५ हजार रुपैयाँ पुगेको छ । 
 
यता, आइपीओ बिक्रीपछि सीइडीबीको शेयर पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । रिजर्भमा २६ करोड ६४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले मुद्दति निक्षेपमा २० करोड रुपैयाँ लगानी गरेको छ । यसको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७४ पैसा रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु