Information is intelligence
HomeNewsतालिवानसम्बन्धी सबै सामग्रीमाथि फेसबुकले लगायो प्रतिबन्ध

तालिवानसम्बन्धी सबै सामग्रीमाथि फेसबुकले लगायो प्रतिबन्ध

- Advertisement -spot_img

फेसबुकले तालिवानसँग सम्बन्धित सबै सामग्री आफ्नो प्लेटफर्मबाट हटाउने भएको छ। तालिवानलाई आतंकवादी संगठन ठहर गर्दै फेसबुकले यो संगठन र यसका समर्थनमा प्रकाशिन हुने सबै सामग्री हटाउने निर्णय गरेको हो।

‘अमेरिकी कानुनले तालिवानलाई आतंकवादी संगठनको सूचीमा राखेको छ र हामीले खतरनाक संगठन नीतिअन्तर्गत उनीहरुलाई हाम्रो प्लेटफर्म प्रयोग गर्न प्रतिबन्ध लगाएका छौं,’ तालिवानका एक प्रवक्तालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यसअघि तालिवानले आफ्ना निर्णय तथा सन्देशहरुको प्रचार गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दैै आएको थियो।

अब तालिवानलाई प्रतिनिधित्व गर्ने, उनीहरुको समर्थन वा प्रशंसा गरिएका सामग्रीहरु पनि फेसबुकमा सेयर गर्न पाइने छैन। फेसबुकले यस्ता सामग्री हटाउनका लागि स्थानीय दारी र पाश्तो भाषा बोल्ने तथा यहाँको बारेमा विज्ञता हासिल गरेकाहरुको छुट्टै टीम नै बनाएको जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु