Information is intelligence
HomePoliticsप्राइभेट कम्पनी एमाले ओलीको हुने भएपछि विद्रोह सुरु गरेका हौँः माधव नेपाल

प्राइभेट कम्पनी एमाले ओलीको हुने भएपछि विद्रोह सुरु गरेका हौँः माधव नेपाल

- Advertisement -spot_img

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताएका छन् ।

मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको बताए ।

उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको समेत बताए । पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको नेता नेपालको भनाई छ ।

‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्‍याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ । राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ ।

उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो ।, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ’ नेपालले भने ।

नेता नेपालले अहिले पार्टीमा दुई नेता बिचको लडाई नभएर दुई बिचार समूहको लडाई भएको बताए । केपी ओलीमा व्यक्तिवादको विकास भएको, कम्युनिस्ट आचरण नभएको आरोप लगाए । पार्टी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेको नेता नेपालले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु