Information is intelligence
HomeNewsनक्कली डाक्टर बनेर बिरामीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

नक्कली डाक्टर बनेर बिरामीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

- Advertisement -spot_img

चिकित्सक बनेर बिरामी महिलामाथि बेडमै पुगेर अभद्र व्यवहार गरेको आरोपमा विराटनगरमा एक जना व्यक्ति पक्राउ परेका छन्।

कोशी अस्पतालमा भर्ना भएकी एक महिला बिरामीलाई दुर्व्यवहार गरेको भन्दै विराटनगर ६ का अमृत बानियाँ पक्राउ परेका हुन्।

उनले सोमबार राति १२ बजे विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति वार्डमा प्रवेश गरेर महिला बिरामीमाथि दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।

सुरक्षागार्डले रोक्न खोज्दा आफू डाक्टर हो भन्दै उनी भित्र पसेका थिए। अन्य बेला सधैं चिकित्सकले हातमा पन्जा लगाएर स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षण गर्ने गरेका थिए। बानियाँले भने त्यस्तो मापदण्ड पालना नगरी महिला बिरामी जाँच्न थालेपछि बिरामीहरूले शंका गरेर होहल्ला गरेपछि उनी पक्राउ परेका हुन्।

पक्राउ परेका बानियाँलाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

‘मदिरा सेवन गरेपछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्राउ परेका बानियाँलाई म्याद थप गरी अनुसन्धान सुरू गरेका छौं।’

कोशी अस्पतालले पनि पक्राउ परेका बानियाँलाई आवश्यक कारबाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु