Information is intelligence
HomePoliticsअध्यादेशविरुद्ध कांग्रेसभित्रैबाट विरोध

अध्यादेशविरुद्ध कांग्रेसभित्रैबाट विरोध

- Advertisement -spot_img

काठमाडौं : सरकारले ल्याएको अध्यादेशविरुद्ध कांग्रेसभित्रैबाट विरोध भएको छ। नेता डा. शेखर कोइराला र प्रदीप पौडेलले अध्यादेश ल्याउने कार्यप्रति सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन्।

अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने नेता कोइरालाले बताए। अध्यादेशमार्फत् सरकार सञ्चालन गर्ने कांग्रेसको संस्कार नभएको उनले भनाइ छ। संसद्‍बाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ लाग्नुपर्ने प्रधानमन्त्री उक्त कार्यमा चुकेको उनले टिप्पणी गरे।

अर्का नेता पौडेलले संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति (ओली) भन्दा फरक नभएको बताए। ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो,’ पौडेलले भने।

संसद् छलेर अध्यादेश ल्याउँदा विरोध गरेको कांग्रेसले अध्यादेशको बाटोलाई समर्थन गर्न नहुने उनको बुझाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु