Information is intelligence
Homemarkettipsतपाईंसँग हुनैपर्ने, लगानी गर्दा सोझै नाफा हुने सेयर : ब्लु चिप सेयर...

तपाईंसँग हुनैपर्ने, लगानी गर्दा सोझै नाफा हुने सेयर : ब्लु चिप सेयर के हो ? कसरी चिन्ने ?

- Advertisement -spot_img

सेयर मार्केटमा नव लगानीकर्ताहरुले प्राय सुन्ने सुझाव, ‘ब्लु चिप’ सेयर “उठाउ”, ब्लु चिप सेयर किन आदि हुन् तर ब्लु चिप सेयर के हो? किन ब्लु चिप सेयर खरिदका सुझाव निर्धक्क सुनाइरहेको भेटिन्छ त ? जबकि बजारमा कुन सेयरले नाफा दिन्छ वा कुनले घाटामा लान्छ भनेर यकिन दिन टेक्निकल एनेलाइसिस गर्नेहरु पनि फ्याट्ट भनिहाल्न सक्ने अवस्था हुन्न, व्लु चिप नामकरण गरिएका केहि सेयर किन जोकोहीले सहजै सुझाव गरिरहेको भेटिन्छ?

यो लेखमा सेयर बजारमा प्रवेश गर्न इच्छुक नयाँ लगानीकर्ताका लागि क्रमश: ब्लु चिप बारे जानकारी, ब्लु चिप चिन्ने आधार र खरिद प्रक्रियाका बारेमा बताइएको छ।

ब्लु चिप सेयर के हो ?

ब्लु चिप सेयरलाइ सामान्य तरिकामा बुझ्दा लगानीबजारमा/ सेकेण्डरी मार्केटमा सबै भन्दा सुरक्षित लगानीका रुपमा बुझ्न सकिन्छ। एक दमै कम रिस्क/जोखिममा राम्रो प्रतिफल दिन सक्ने हुँदा ब्लु चिप सेयरमा लगानी ज्यादा सुरक्षित लगानीका रुपमा बुझिन्छ।

राष्ट्रिय मान्यता प्राप्त, राम्रोसंग स्थापित र आर्थिक हिसावले सुगम कम्पनि नै ब्लु चिप कम्पनि हो र यस्ता कम्पनिका सेयरलाइ ब्लु चिप सेयर भनिन्छ। यस्ता कम्पनिहरुको सेवा र सुबिधा राम्रो गुणस्तरको त हुन्छ नै विस्तार पनि व्यापक हुनेगर्छ, प्राय: यी कम्पनि राष्ट्रियस्तरमा नै गुणस्तरीय सेवाका लागि परिचित हुन्छन्। प्रतिकुल समय, गिर्दो आर्थिक अवस्थाहरुमा पनि लाभदायक संचालन यी कम्पनिको मुख्य विशेषता हो, जसले कम्पनि संचालनकालको लामो रेकर्डमा स्थिर र भरपर्दो वृद्धि गर्न सफल रहेको परिचय निर्माण गर्दछ ।

ब्लु चिप सेयर कसरी चिन्ने ?

प्राय: ब्लु चिप कम्पनिका मुख्य विशेषता यस प्रकार रहेका छन् :

  • ठुलो कम्पनि :
    कम्पनिको पुंजीको मात्रा, अर्थात मार्केट क्यपिटलाइजेसन ठुलो भएको कम्पनि। बजारमा कम्पनिको सेयरमा संख्यात्मक रुपमा आफ्नो राम्रो पकड हुनुपर्छ जसका कारण बजारको हतोत्साहबाट कुनै प्राभाव नपरोस। प्राय साना कम्पनिमा यसका कारण कर्नरिंग, सिमित लगानीकर्ताले बजारको मनोबल तल-माथि गर्न सक्ने त्यसैगरी कृत्रिम उतार-चडाव बनाएर सेयर मूल्य घटाउने बढाउने गर्न सक्दछन।
  • प्राय पुराना कम्पनि
  • बहु-उपभोग्य सेवा वा सुविधा दिने कम्पनिहरु:
    कम्पनिले उत्पादन वा प्रदान गर्ने सेवा/सुविधा बहु-उपभोग्य अर्थात देशमा धेरै भन्दा धेरैले उपभोग गर्न लायक र साथ साथै दिर्घ कालिन आवश्यकताको हुनुपर्दछ। दिर्घकालिन आवश्यकताको अर्थ भनेको कम्पनिले दिने सुबिधा जुन कम्पनिको मुख्य आम्दानिको स्रोत छ त्यसको मुलांकन ५-१० वर्ष पछि पनि उत्तिकै भैरहन सक्ने प्रकृतिको हुनुपर्छ। उधाहरणका लागि आज राम्रो प्रभाव देखाइरहेको सुबिधा भएपनि १० वर्ष वा केहि वर्ष पछि उक्त सुबिधाको कुनै मूल्य नहुने अवस्थामा त्यसता कम्पनिका सेयर ब्ल चिप सेयरमा पर्दैनन्।
  • समग्र खराब आर्थिक स्थितिमा पनि राम्रो प्रस्तुति
  • दिर्घकालिन र स्थिर विकास :
    बैंकहो भने ब्याज आम्दानि , इन्सुरेन्स हो भने प्रिमियम कलेक्सन , हाइड्रो हो भने विद्युत विक्रि, उत्पादक कम्पनिको खण्डमा उसका उत्पादित वस्तुको विक्री र यसरि कुनै पनि कम्पनिको प्रमुख आमदानीको स्रोत जस्को माध्यमबाट कम्पनिको आम्दानिमा कति वृद्धि भएको छ यो मुख्य हेरिन्छ । यसरि उक्त कम्पनिको प्रमुख आय स्रोतबाट बर्षेनी आम्दानि बढ्दै गएको हुनुपर्छ, र यो वृद्धि स्थिर हुनुपर्नेछ। प्रमुख आम्दानिको स्रोत बाहेक अन्य माध्यम जसतै कम्पनिले आफ्नो सम्पति विक्री गरेर प्राप्त गरेको आम्दानि यसमा गणना हुँदैन।
  • समयमा डिबिडेंड (नाफा) प्रदान र डिबिडेंडमा क्रमिक वृद्धि दिन सक्नु:
    नित्य नाफा वितरण गरेको रेकर्ड भएको कम्पनि , अर्थात कम्पनिले समयमा AGM/ वार्षिक साधारण सभा (Annual General Meeting) गर्ने र लगानीकर्तालाइ हरेक वर्ष समयमा नै राम्रो नाफा बाढेको हुनुपर्छ। र हरेक वर्ष क्रमिक रुपमा नाफामा वृद्धि देखिनुपर्छ।

    त्यस्तै कम्पनिको वार्षिक प्रतिवेदन संगसंगै, त्रैमाषिक (Q3) र चौमाषिक (Q4) जस्ता रिपोर्ट समयमै निकाल्नु पनि ब्लु चिप कम्पनिको प्रकृति हो।
  • आफ्ना उद्योग क्षेत्रमा व्यवस्थापन र उद्योग प्रतिनिधिका रुपमा राम्रो छवि भएका:
    कम्पनि संचालकको राम्रो छवि हुनु साथै आफ्नो उद्योग क्षेत्रमा राम्रो वर्चश्व भएको कम्पनि हुनुपर्छ, कम्तिमा आफ्नो क्षेत्रमा शिर्ष ५ कम्पनि मध्ये आफुलाई स्थापित गर्न सफल कम्पनि हुनुपर्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु