Information is intelligence
HomeNewsपहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द

पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द

- Advertisement -spot_img

पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द भएको छ । बिहान ५ बजेदेखि सडकखण्ड दुईतर्फी नै बन्द छ ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत सिस्नेखोला र खत्रीपाैवाको बीच भागमा पहिरो सडक ठप्प भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनु भएको छ ।

पानी परिरहेकाले  पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु