Information is intelligence
HomePoliticsक्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा : प्रचण्ड

क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा : प्रचण्ड

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा रहेको बताएका छन् । मंगलबार सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको स्वीकार गरे ।
‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ’ प्रचण्डको भनाइ छ ।

‘हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठुलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ । तर त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ । त्यसो गर्न दिदैनौँ’ प्रचण्डले प्रतिबद्धता जनाए ।

उनले पार्टी प्रवृत्ति र एकतालाई बढवा दिँदै विभाजन टुटफुटलाई निरुत्साहित गरिने पनि बताए । ‘कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्ने हो । त्यसको आवश्यक्ता छ । व्यक्तिवादी धेरथोर हामी सबै भएका छौ, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गरे । ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय होइन । लामो छ यात्रा र लडाई’ प्रचण्डको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु