Information is intelligence
HomeInternationalअफगानिस्तानमा तालिबान आएपछि महिला र युवतीहरु चिन्तित छन्ः मलाला युसुफजाई

अफगानिस्तानमा तालिबान आएपछि महिला र युवतीहरु चिन्तित छन्ः मलाला युसुफजाई

- Advertisement -spot_img

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपनि महिला र युवतीहरुका लागि खतरा कायमै रहेको बताएकी छन् ।

नौ वर्षअघि पाकिस्तानकी मलालालाई तालिबानकाे स्कूल छोड्ने आदेश अस्वीकार गरेपछि उनीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा गोली लागेको थियो ।

मलाला उक्त आक्रमणबाट बाँच्न सफल भएकी थिइन् । उनी अहिले बेलायतमा बस्दै आइरहेकी छन् । महिला अधिकारका लागि काम गर्ने मलाला युसुफजाईले अफगानिस्तानको वर्तमान स्थितिप्रति चिन्ता व्यक्त गरेकी छिन्।

‘म अफगानिस्तानको वर्तमान स्थितिका बारेमा चिन्तित छु । विशेष गरी त्यहाँ महिलाहरु र युवतीहरुको सुरक्षाको बारेमा,’ उनले भनिन् ।

मलालाले १९९६ देखि २००१ सम्म त्यहाँको स्थिति कस्तो थियो भन्ने विषय अफगानिस्तानमा बसोबास गर्ने अधिकांश मानिसहरुलाई जानकारी भएको बताएकी छन् ।

उनले अफगानिस्तानमा मानिसहरु आफ्नो सुरक्षा, अधिकारको बारेमा धेरै चिन्तित रहेको र बालबालिकाहरु स्कूल जानका लागी चिन्तित रहेको बताइन् ।

मलाला भन्छिन्, ‘हामीले पहिलेदेखि नै धेरै समाचारहरुमा देखिरहेका छौं कि धेरै युवतीहरुलाई विश्वविद्यालयबाट फिर्ता पठाइएको छ । ती मध्ये धेरैलाई १५ र १२ बर्षको उमेरमा बिवाह गर्न भनिएको छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु