Information is intelligence
HomeScience & Technologyह्वाट्सएपमा आफ्नो अनुहारलाई स्क्यान गरेर च्याट खाेलिने गज्जबकाे फिचर

ह्वाट्सएपमा आफ्नो अनुहारलाई स्क्यान गरेर च्याट खाेलिने गज्जबकाे फिचर

- Advertisement -spot_img

सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका संसारभरमा अढाई अर्ब प्रयोगकर्ता छन् । आफ्ना दैनिक करोडौँ सक्रिय प्रयोगकर्ताको सुरक्षा र सन्तुष्टिका लागि ह्वाट्सएपले नयाँ नयाँ फिचर ल्याइरहेको हुन्छ ।

ह्वाट्सएपले आफ्नो मेसेजिङ प्लाटर्फममा ल्याएको यस्तै एउटा गज्जबको फिचर छ । यदि यो फिचर सक्रिय बनाउनुभयो भने तपाईंको अनुहार स्क्यान गरेर मात्रै ह्वाट्सएपमा च्याट खुल्नेछ ।

आफ्नो फोनमा रहेका पर्सनल च्याट अरुले नदेखुन् भन्ने चाहना हामी सबैको हुन्छ । आफ्नो मोबाइल कसैलाई दिएको बेलामा ह्वाट्सएपमा रहेका आफ्ना निजी तथा गोप्य च्याट अरुले हेर्छन् कि भन्ने चिन्ता लाग्दछ भने यो फिचरले तपाईंको चिन्ता हटाइदिनेछ । यो फिचरबाट आफ्ना पर्सनल ह्वाट्सएप च्याटहरु यसरी लक गर्न सकिन्छ कि केवल सम्बन्धित प्रयोगकर्ताको अनुहार स्क्यान गरिसकेपछि मात्र ती च्याट खुल्दछन् ।

यद्यपि ह्वाट्सएपको यो फिचर हालका लागि केवल आइफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप्पलको आइओएस ९ भन्दा माथिल्लो अपरेटिंग सिस्टम भएका आइफोनमा यो फिचर उपलब्ध रहेको छ । यसमा एक अतिरिक्त सेक्योरिटी फिचर हुन्छ जसबाट ह्वाट्सएप अनलक गर्नका लागि फेस आइडीको प्रयोग गरिन्छ ।

अनुहारबाट च्याट खोल्ने ह्वाट्सएपको यो फिचर कसरी एक्टिभेट गर्ने ?

सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र Settings मा क्लिक थिच्नुहोस्
त्यसपछि Account थिच्नुहोस्
त्यो सँगै Screen Lock अप्सनमा ट्याप गर्नुहोस्
त्यहाँ Face ID को अप्सन देखिनेछ, त्यसलाई अन गर्नुहोस्
अब ह्वाट्सएपमा फेस लक सेक्योरिटी थप हुनेछ । यो सँगै केवल तपाइँको अनुहार स्क्यान गरिसकेपछि मात्र ह्वाट्सएप खुल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु