Information is intelligence
HomeShare Bazarनेप्सेले आज पनि बनायो रेकर्ड यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

नेप्सेले आज पनि बनायो रेकर्ड यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

बुधबार सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। यस दिन परिसूचक ३२ सयनजिक पुगेको छ। आज ३८. २८ अंकले बढेर परिसूचक ३१९८ मा कायम भएको हो। 

२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो। गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ। 

आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोको मूल्य ३ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ७८ करोड रुपैयाँको कारोबार हुँदा अपि पावरको ६३ करोडको कारोबार भयो।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु