Information is intelligence
HomeNewsराजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट निधन

राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट निधन

- Advertisement -spot_img

काठमाडौं । राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेनद्र शेरचनको निधन भएको छ । उनको कोरोना संक्रमणबाट बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो ।

पब्लिकेशनको संस्थापक अध्यक्षसमेत रहनुभएका शेरचन मिडिया सञ्चालकक संस्था मिडिया अलाइन्सको उपाध्यक्ष पनि थिए । नेपाली संचार क्षेत्रमा उनको ठूलो योगदान अतुलनीय मानिदै आएको छ ।

शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटी अध्यक्षमा रहेर पनि काम गरेका । त्यस्तैगरी उनी हाल विज्ञापन बोर्डका सदस्यसमेत रहेका थिए भने बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्षका पनि थिए । त्यति मात्रै नभइ उनी संविधानसभा सदस्यसमेत थिए। उनको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने पारिवारीक श्रोतले बताएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु