Information is intelligence
HomePoliticsबालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुग्नुभएको छ । अहिले तीन नेताबीच भेटवार्ता भइरहेको छ ।

बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल र नेपालको भेटवार्ता भएको हो । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् । नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ ।

नेपालकै निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु