Information is intelligence
HomeSportsनेपाली टेलिभिजनको इतिहासमा पहिलोपटक ला लिगा फुटबलको प्रत्यक्ष प्रसारण,यसरी हेर्न सकिन्छ

नेपाली टेलिभिजनको इतिहासमा पहिलोपटक ला लिगा फुटबलको प्रत्यक्ष प्रसारण,यसरी हेर्न सकिन्छ

- Advertisement -spot_img

नेपाली टेलिभिजनको इतिहासमा पहिलोपटक स्पेनिस ला लिगा फुटबलको प्रत्यक्ष प्रसारण आउँदै छ । स्पेनिस फुटबल लिगको प्रत्यक्ष प्रसारण नेपाली टीभी च्यानलले गर्न लागेको यो पहिलोपटक हो ।

ला लिगा फुटबलको सिजन २०२१–२२ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीमा हुने भएको हो । नेपाली टेलिभिजनको इतिहासमा नै पहिलोपटक डिशहोमले प्रसारण गर्ने भएको हो ।

डिशहोमका ग्राहकहरूले दुई हजार रुपैयाँको सिजन टिकट किनेर लिग अवधिभर सहजैसँग खेल हेर्न सकिनेछ । लिगमा दुई महत्वपूर्ण खेलहरू एकै समयमा चलिरहेको समयमा भने एक महत्वपूर्ण खेल हेर्न सकिनेछ ।

डिशहोमका मल्टि टीभीका ग्राहकहरूले अतिरिक्त सेटअप बक्समा पनि एक्सन स्पोर्ट्स एचडी–२ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ ।

ला लिगाको सिजन टिकट किन्नका लागि नमस्ते प्रयोगकर्ताहरूले टोल फ्री नम्बर १६०६० ०१ २२००० र एनसेल तथा अरू नेटवर्क प्रयोगकर्ताहरूले ९८०११५५००० वा ०१ ४२१७६६६ मा सम्पर्क गरेर टिकट किन्न सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु