Information is intelligence
HomeEntertainment & Arts‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’ : आकाश श्रेष्ठ

‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’ : आकाश श्रेष्ठ

- Advertisement -spot_img

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने ।

नायक आकाश श्रेष्ठ भने आफूले आफ्नो प्रेमको बिषयमा केही पनि नभनेको भन्दै मिडियाले नै चर्चा बढी गरिदिएको बताउँछन् । उनले भने–‘म त आफ्नो दुनियाँमा काम गरिरहेको छु । धेरै व्यक्तिहरुको धेरै कुराहरु हुन्छ । मेरो प्रेमको बिषयमा गुनगुनाउने मानिसहरुले गुनगुनाइरहेका छन् । तर, म आफ्नै दुनियाँमा रमाइरहेको छु ।’

आकाशले पहिलो चरणको लकडाउनपछि ‘हिड्दा हिड्दै’ नामक चलचित्रमा अभिनय गरे । यसपछि भने उनी म्यूजिक भिडियोको काममा नै व्यस्त छन् । केही समय अगाडिसम्म एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरेका पूजा र आकाश पछिल्लो केही महिनादेखि भने अलग–अलग रुपमा काम गर्दै आइरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु