Information is intelligence
HomeLife Styleशारिरीक विकासका लागि च्यवनप्रासकाे प्रयाेग

शारिरीक विकासका लागि च्यवनप्रासकाे प्रयाेग

- Advertisement -spot_img

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार लगभग ७५ प्रतिशत बढी नेपालीले प्रत्यक्ष-परोक्ष रुपमा जडीबुटीबाट तयार औषधि उपभोग गर्छन् । त्यसो त परापूर्व कालदेखि नै हामीकहाँ जडिबुटीको पहिचान र प्रयोग हुँदै आएको छ यसमध्ये एक हो, च्यवनप्रास पनि ।

खासगरी यसमा अमला सामेल गरिन्छ, जो भिटामिन सिको सबैभन्दा समृद्ध स्रोत हो । त्यसपछि यसमा मह, घिउ, ल्वाङ, सुकुमेल, दालचिनी लगायतको मिश्रण गरिन्छ । यी सम्पूर्ण जडिबुटीबाट बन्ने च्यवनप्रास एक आयुर्वेदिक स्वस्थ्य पुरक पोषक तत्व हुन् ।

यो गुलियो, टर्रो स्वादको हुन्छ । जवान हुन र जीवनशक्ति प्राप्त गर्नका लागि यसको प्रयोग गरिएको थियो ।

च्यवनप्रास एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो, जसमा लगभग ५० जडिबुटी र मसलाको मिश्रणबाट तयार गरिन्छ । च्यवनप्रास प्राचिन आयुर्वेदिक स्वास्थ्य पुरकमा सर्वाधिक रुचाइएको आयुर्वेदिक उत्पादन हुन् । आयुर्वेदका अनुसार कमजोरी, खोकी, फोक्सोको रोग वा क्षय रोग निदानका लागि च्यवनप्रास उपयोगी हुन्छ ।

अहिले डाबर लगायत विभिन्न कम्पनीले च्यवनप्रास उत्पादन गरिरहेका छन् । खासगरी शरीरको प्रतिरक्षा क्षमता बलियो बनाउन च्यनप्रासको खाने गरिएको छ । यद्यपि यसका लागि निश्चित खुराक तय गरिएको छ । चिकित्सकहरुका अनुसार दिनमा दुई चम्चा च्यावनप्रास सेवन गर्नु उपयुक्त हुन्छ ।

-च्यवनप्रास स्वास्थ्यलाई फाइदा गर्ने र औषधीय गुण भएका जडिबुटीहरुबाट बनेको हुन्छ । सामान्यतया च्यवनप्रासमा चिनी हुँदैन र यसलाई मिठो बनाउन सख्खर वा मह प्रयोग गरिन्छ । मधुमेहका बिरामीले पनि आफ्नो प्रतिरोधी क्षमता वृद्धि गर्न च्यवनप्रासको विशेष प्याक पाउन सक्छन् । रुघाखोकी र अन्य समस्याले मनसुनको मौसममा भेट्ने समस्या बढी हुन्छ । मह तथा च्यवनप्रासले मौसमी परिवर्तनको असर न्यूनीकरणको लागिसहयोग पुर्याउँछ ।

बालबालिकाहरु धेरैजसो रोग सार्ने किसिमका जीवाणुको सम्पर्कमा आइरहेका हुन्छन् । बलियो प्रतिरोधी क्षमताको विकासले उनीहरुलाई रोगसँग लड्ने प्राकृतिक क्षमता प्रदान गर्छ । ४० आयुर्वेदिक जडिबुटी भएको डाबर च्यवनप्रास दैनिकरुपमा खुवाउने हो भने यसले बालबालिकाको शरीर तथा मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु