Information is intelligence
HomePoliticsसहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद : शंकर पोखरेल

सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद : शंकर पोखरेल

- Advertisement -spot_img

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव नेपालले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल पोखरेलले झण्डै ३ कार्यकाल पार्टीको नेतृत्व गरेका नेपालले नयाँ पार्टी खोल्नु दुःखद पक्ष रहेको जनाएका हुन्।

एमालेका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी तयार रहेको पनि लेखेका छन्।

उनले पार्टीलाई कमजोर पार्ने षडयन्त्रविरुद्ध विचलित नभई अघि बढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य रहेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘झण्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतिको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो। कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ। पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्धमा विचलित नभई अघि बढ्नु सिंगो पार्टी पङ्क्तिको कर्तव्य हो। विचार र सिद्धान्तले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऊँ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु