Information is intelligence
HomeNewsकाठमाडौं आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

काठमाडौं आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

- Advertisement -spot_img

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए।

‘भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ,’ उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु