Information is intelligence
HomeEconomyराष्ट्रिय बीमा संस्थानद्वारा विद्युतीय भुक्तानी सेवाको शुभारम्भ

राष्ट्रिय बीमा संस्थानद्वारा विद्युतीय भुक्तानी सेवाको शुभारम्भ

- Advertisement -spot_img


काठमाण्डौ, भाद्र । राष्ट्रिय बीमा संस्थानले सेवा प्रवाहलाई सरल, गुणस्तरीय र प्रविधिमैत्री बनाउन सूचना प्रविधीको प्रयोगलाई उच्च महत्व दिने नीति लिएको छ । वि.सं. २०७८ लाई डिजिटल वर्षको रुपमा लिई संस्थानको समग्र कारोवारमा सूचना प्रविधिको प्रयोग गरिनेछ । संस्थानले नवीकरण बीमाशुल्क भुक्तानीको लागि संस्थानको काउण्टरमा नगद वा रसिद बुझाउनु पर्ने बाध्यतालाई नेपाल क्लियरिंग हाउससंग कनेक्ट आइपिएस लागू गर्ने सम्वन्धी सम्झौता गरी उक्त सेवाको शुभारम्भ समेत गरेको छ ।

संस्थानका प्रशासक कवि प्रसाद पाठक र नेपाल क्लियरिंग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले संयुक्त रुपमा भुक्तानी सेवाको शुभारम्भ गर्नु भयो । आज देखि संस्थानका ग्राहकहरुले कनेक्ट आइपिएस को माध्यमबाट घरमै बसी नवीकरण बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । कोरोना महामारीका कारण भएको बन्दाबन्दी तथा निषेधाज्ञामा समेत बीमाशुल्क भुक्तानीको लागि भौतिक रुपमा संस्थानको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यताबाट ग्राहकहरु मुक्त भएका छन् । बीमाको क्षेत्रमा इतिहास बोकेको राष्ट्रिय बीमा संस्थान, ग्राहक र अभिकर्ताहरुका लागि यो सम्झौता डिजिटल युगको लागि प्रस्थान बीन्दु हो । आगामी दिनहरुमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त विभिन्न भुक्तानी सेवा प्रदायकहरुसंग सम्झौता गरी विद्युतीय भुक्तानीलाई अझ सहज, सरल र व्यापक बनाइनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु