Information is intelligence
HomeBank२७ वटा बाणिज्य बैंकहरुको लाभांश दिने क्रम नबिलदेखि एसबीआईसम्म, कुन बैंकको कति...

२७ वटा बाणिज्य बैंकहरुको लाभांश दिने क्रम नबिलदेखि एसबीआईसम्म, कुन बैंकको कति ?

- Advertisement -spot_img

सेयर बजारमा सुचिकृत बैंक वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकर्तामाझ कसले कति लाभांश देला भन्ने चर्चा सुरु भएको छ। 

सार्वजनिक वित्तीय विवरणअनुसार सबै २७ वटा बाणिज्य बैंक गत आर्थिक बर्ष नाफामै रहेका छन्। सबै बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको छ। राष्ट्र बैंकले २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत वर्षको आम्दानीमा लेखांकन गर्न सक्ने सुविधा दिएको छ । यो आधारमा भदौ १५ गतेसम्म ब्याज उठेमा पनि लाभांश रकम थप बढ्छ । त्यसैले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमता भन्दा थप बढेर आउँन सक्छ।  

यहाँ उल्लेख गरिएको बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर बैंकहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो।

राष्ट्रिय वाणिज्यः गत वर्षको नाफाबाट सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले लाभांश दिने क्षमता राख्छ । गत आवमा बैंकले ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पुँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । यद्यपि राष्ट्र वाणिज्य बैंक पूर्ण सरकारको लगानीको बैंक भएको हुँदा यसको लाभांश क्षमताले सर्वसाधारणलाई प्रभाव पार्दैन ।

नबिल बैंकः बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई करिब ३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल बैंक: हालसम्म सार्वजनिक बैंकहरुको तथ्यांक अनुसार निजी क्षेत्रको लगानीमा रहेको बैंकमध्ये सबैभन्दा बढी नेपाल बैंकले लाभांश दिनसक्ने देखिन्छ । यद्यपि बैंकमा ५१ प्रतिशतमात्र सर्वसाधारणको लगानी छ भने ४९ प्रतिशत सरकारको लगानी छ । बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एभरेष्ट बैंक: शतप्रतिशत निजी क्षेत्रको लगानी रहेको गत आवमा बैंकले २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

हिमालयन बैंक: गत आवमा बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २०.३१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सानिमा बैंक: गत आवमा बैंकले १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ हो । जस अनुसार गत आवको नाफाबाट बैंकले १७.४५ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एनआइसी एशिया बैंक: गत आवमा बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले १६.६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंक: बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल बंगलादेश बैंक: बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनएमबि बैंक: बैंकले गत आवमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक: बैंकले गत आवमा १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिटिजन्स बैंक: बैंकले गत आवमा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्रभु बैंक: बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

ग्लोबल आईएमई बैंकः बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

माछापुच्छ्रे बैंक: बैंकले गत आवमा १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.५१ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक: बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

बैंक अफ काठमाडू्: बैंकले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिद्धार्थ बैंक: बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.११ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कृषि विकास बैंक: बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

मेगा बैंक: बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

लक्ष्मी बैंक: बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कुमारी बैंक: बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनसीसी बैंक: बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सेञ्चुरी बैंकः बैंकले गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.५८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सनराइज बैंकः बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिभिल बैंक: बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीआई बैंक: बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु