Information is intelligence
HomeSportsयुइएफए प्लेअर अफ दि इअरको मनोनयनको शीर्ष तीनमा सबै मिडफिल्डर

युइएफए प्लेअर अफ दि इअरको मनोनयनको शीर्ष तीनमा सबै मिडफिल्डर

- Advertisement -spot_img

युइएफए प्लेअर अफ दि इअरको शीर्ष तीन खेलाडीको मनोनयनमा सबै मिडफिल्डर परेका छन् । म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना तथा चेल्सीका एन गोलो कान्टे र जर्गिन्हो उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् ।

जर्गिन्हो, डे ब्रुएना र कान्टे युइएफए च्याम्पियन्स लिगको मिडफिल्डरतर्फको अवार्डको मनोनयनमा समेत परेका छन् ।

लिओनल मेस्सी, क्रिस्टियानो रोनाल्डो यस पटक शीर्ष तीनमा समेत पर्न सकेनन् । मेस्सी चौथो र रोनाल्डो नवौं स्थानमा रहे । यस्तै रोवर्ट लेवान्डोस्की पाँचौ, जियानलुजी डोनारुम्मा छैटौं, किलियन एमबाप्पे सातौं, रहिम स्टर्लिङ आठौं र एर्लिन हालान्ड दशौ स्थानमा रहे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु