Information is intelligence
HomeEconomyकर्णाली प्रदेशमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

कर्णाली प्रदेशमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

- Advertisement -spot_img

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले बहुआयामिक गरिबीको दर सबैभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएको त्यसतर्फ लगानी गर्न आग्रह गरेका हुन् ।

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘बहुआयामिक गरिबी दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन ।

कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम होइन राष्ट्रिय कार्यक्रम हो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय दायित्व हो’, शर्माले भने । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन् २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५% रहेको छ ।  यस्तै, सुदुरपश्चिम प्रदेशमा २५.५% र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५% रहेको छ । गरिबी अन्त्यको सुरुवात कृषि र कृषिजन्य उत्पादन वृद्धिको अभियानबाट गर्नसकिने भन्दै मन्त्री शर्माले ‘किसानको मेलामा गएर ऋण सहायता बाँड्ने र खलोमा गएर असुल गर्ने नीति’ अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

कर्णाली प्रदेश सरकारले अघि सारेको ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को सही कार्यान्वयन भएमा ५ देखि ७ वर्षभित्र गरिबी अन्त्य हुने शर्माले विश्वास व्यक्त गरेका छन् । कर्णालीबाट सुरु भएको यो अभियान अन्य ठाँउमा पनि विस्तार भई गरिबी अन्त्य गर्ने लक्ष प्राप्त हुने मन्त्री शर्माको भनाई छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ मा ऋण लगानी गर्न बैंकहरुलाई आग्रह गर्दै त्यसको लागि चाहिने भौतिक पूर्वाधार, कृषि तथा पशु बीमा, उत्पादित वस्तुको ढुवानी तथा बजारीकरण, अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री शक्ति बस्नेतले देश विकासको लागि र लगानीकर्ताहरुको नाफाको लागि कर्णाली प्रदेश ‘भर्जिन ल्याण्ड’ भएकोले ढुक्क भएर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु