Information is intelligence
HomeSportsमहिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

महिला विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा हुने

- Advertisement -spot_img

आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।

छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।

प्रतियोगिताको आयोजक र मितिको टुङ्गो लगाए पनि तालिका भने सार्वजनिक गरको छैन । आईसीसीले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु