Information is intelligence
HomeAutoमहालक्ष्मी-सिप्रदि सम्झौता : यी गाडी किन्दा महालक्ष्मी विकास बैंकले ऋण दिने

महालक्ष्मी-सिप्रदि सम्झौता : यी गाडी किन्दा महालक्ष्मी विकास बैंकले ऋण दिने

- Advertisement -spot_img

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङसँग २०७८ साल भाद्र ४ गते शुक्रबार सम्झौता गरेको छ । 

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले TATA ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । 

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु