Information is intelligence
HomeSportsपीएसजीको लगातार तेस्रो जीत

पीएसजीको लगातार तेस्रो जीत

- Advertisement -spot_img

फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फराकिलो अन्तरले हरायो ।

पिएसजीका लागि २३औँ मिनेटमा हरेरा, ३६औँ मिनेटमा एमबाप्पे, ७३औँ मिनेटमा गुआई र ९०औँ मिनेटमा एन्जल डी मारियाले गोल गरे ।

ब्रेस्टका लागि ४२औँ मिनेटमा होनोरात र ८५औँ मिनेटमा मोउनीले गोल गरे ।

यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो । ब्रेस्टमा शुक्रबार राति भएको खेलमा पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु