Information is intelligence
HomeSports‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक

‘सी’ डिभिजन छनोटको तालिका सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्जनिक गरेको छ । शुक्रबार एन्फा परिसरले सातदोबाटोमा एक कार्यक्रममाँझ खेल तालिका निर्धारण गरिएको हो । भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग १२ कात्तिकमा समापन हुनेछ ।

यसअघि एन्फाले २५ जिल्लाका ७९ क्लब सहभागी हुने भनिए तापनि तालिका सार्वजनिक हुनुअघि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिएको थियो । उसका प्रतिनिधिले कोरोनाको कारण लिग नखेल्ने जानकारी दिए । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिकाअनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् । हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ ।

दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन् । तालिका सार्वजनिक कार्यक्रममा बोल्दै एन्फा लिग संयोजक विज्ञान राज शर्माले सी छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको र आगामी वर्षमा झनै बढ्ने बताए । यस्तै उनले अर्को वर्षबाट पायक पर्ने प्रदेशमा छनोट खेल खेलाउने प्रतिबद्धता समेत जाहेर गरे । खुला आवेदनमार्फत आयोजना हुन लागेको छनोट प्रतियोगितामा बाग्मती प्रदेशबाट ६१ क्लब, प्रदेश नम्बर–१ बाट ७ तथा अन्य प्रदेशबाट दुई/दुई क्लब रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु