Information is intelligence
HomeShare Bazarसर्वोत्तमको शेयर खरिद प्रकरण: अन्तिम रिपोर्ट नआएसम्म धेरै कुरा खोल्न नमिल्ने अर्थमन्त्रीको...

सर्वोत्तमको शेयर खरिद प्रकरण: अन्तिम रिपोर्ट नआएसम्म धेरै कुरा खोल्न नमिल्ने अर्थमन्त्रीको भनाइ

- Advertisement -spot_img

अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म सर्वोत्तम शेयर खरीद प्रकरणमा धेरै कुरा बताउन नमिल्ने बताएका छन् । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित शेयर कारोबार गरेको आरोप लागेपछि अर्थमन्त्रालयले समिति बनाएर छलफल गरिरहेकाले उक्त समितिले अन्तिमा रिर्पोट नदिएसम्म धेरै कुरा बोल्न नमिल्ने बताएका हुन् । 

अर्थसमितिको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ढुंगाना र साउदले सर्वोत्तम सिमेन्टको शेयर आफ्नो परिवारका सदस्यहरुको नाममा खरिद गरिएको भन्दै चर्को आलोचना हुँदै आएपछि अर्थमन्त्री शर्माले अर्थसमितिमा उक्त कुरा बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु