Information is intelligence
HomeShare Bazarसुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन बारे आज निर्णय हुने (सूचना सहित)

सुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन बारे आज निर्णय हुने (सूचना सहित)

- Advertisement -spot_img

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधरण सभा आज (भदौ ५ गते, शनिबार) हुँदैछ । कम्पनीको श्रावण १२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज ५ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

उक्त सभाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्तापूँजीको ११.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु