Information is intelligence
HomeSportsअमेरिका र ओमानसँग खेल्ने नेपाली टोली घोषणा

अमेरिका र ओमानसँग खेल्ने नेपाली टोली घोषणा

- Advertisement -spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमानसँग त्रिदेशीय शृंखला खेल्ने नेपाली टोली घोषणा गरेको छ।

ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपालीको टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। १७ सदस्यीय टोलीमा कुलश भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन्।

नेपाली टोली ८ भदौमा ओमान प्रस्थान गर्ने भएको छ। सलाम एयरबाट ओमान प्रस्थान गर्ने तय भएको क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले जनाएका छन्।

नेपाली टोलीसँगै प्रमुख प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर रोकश काशिभाइ गोहिल पनि ओमान जानेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु