Information is intelligence
HomeHealthजापानबाट आज २ लाख ८ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

जापानबाट आज २ लाख ८ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

- Advertisement -spot_img

काठमाडौं । जापानबाट आज थप २ लाख ८ हजार ७ सय डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउने भनेको १६ लाख डोजमध्येकै हिस्साबाट उक्त मात्रा खोप आज काठमाडौं आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ।

नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु