Information is intelligence
HomeSportsसाफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

- Advertisement -spot_img

माल्दिभ्समा हुने १३औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका परिवर्तन  भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफले) बुधबार यसअघिको तालिका परिवर्तन गर्दै शनिबार नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म हुनेछ । यसअघि यो प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुने भनिएको थियो । 

प्रतियोगितामा माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुनेछन् । प्रतियोगिताका सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालमा खेलाउने तयारी छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु