Information is intelligence
HomeNewsसोमबार र मंगलबार यी स्थानमा भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन आग्रह

सोमबार र मंगलबार यी स्थानमा भारी वर्षा हुन सक्ने, सतर्कता अपनाउन आग्रह

- Advertisement -spot_img

सोमबार र मंगलबार देशभर सामान्य बदली भई धेरै स्थानहरुमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान विभागले जनाएको छ ।

भदौ ७ गते सोमबार प्रदेश न १ को एक वा दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, सोही रातमा पनि प्रदेश नं २ का गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेशका १ र २ स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

यसैगरी, मंगलबार प्रदेश न १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिमको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

आगामी २४ घन्टामा प्रदेश न. १, गण्डकी, बाग्मतीका केही स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा ग्रेगानको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सर्तकता अपनाउन आग्रह गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु