Information is intelligence
HomeShare Bazarमानुषी लघुवित्तको शेयर भोलि बाँडफाँड हुने, २३ लाखको हात खाली

मानुषी लघुवित्तको शेयर भोलि बाँडफाँड हुने, २३ लाखको हात खाली

- Advertisement -spot_img

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म आईपीओ बिक्री गरेको थियो।

यो लघुवित्तले १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो।

अन्तिम दिनसम्म यो आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो।

यो आईपीओमा गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये १० कित्ता बढी आवेदन दिने भाग्यमानी ३ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्। यो आईपीओमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने भएको छ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेकोले भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको बताएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु