Information is intelligence
HomeNewsउधारो तिर्न नसकेपछि गेष्टहाउसमा शंकास्पद वस्तु राखेर तर्साउन खोज्ने एक पक्राउ

उधारो तिर्न नसकेपछि गेष्टहाउसमा शंकास्पद वस्तु राखेर तर्साउन खोज्ने एक पक्राउ

- Advertisement -spot_img

काठमाडौं । शनिबार साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ थिमीमा रहेको दिब्येश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु भेटियो ।

कुकरमा नाङ्गो तार जोडेर तौलियाले बाँधेको भेटिएपछि मालिकले महानगरीय प्रहरी वृत्त थिमीमा खबर गरे । डीएसपी नरहरी रेग्मीसहितको टोलीले घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । राति साढे १० बजे निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु कुनै विस्फोटक पदार्थ नभएको प्रहरीले बताएको छ ।

प्रहरीले उक्त गतिविधि गरेको आरोपमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-२ डाडाँगाउँ घर भइ हाल थिमी बस्ने ३२ वर्षीय नविन तामाङलाई पक्राउ गरेको छ ।

प्रवक्ता गिरीले भने,‘साउन ३२ गतेबाट दिब्येश्वरी गेष्‍ट हाउसको ११० नम्बरको कोठामा बुद्ध चित्रको माला बेच्न बसेको तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई ‘होक्स बम’ बनाएर गेष्‍ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनलाई हामीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं । ’

यसअघि गेष्ट हाउसमा बसेर खाएको उधारो ४० हजार साहुले माग्न थालेपछि गेष्‍टहाउस संचालकलाई तर्साउन त्यो सामान राखेको अनुसन्धानबाट खुलेको प्रवक्ता गिरीले बताए ।

उनका अनुसार तामाङ घटनामा आफनो संलग्नता रहेको भन्दै स्वीकार गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु