Information is intelligence
HomeSportsइपीएल खेल्न अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान शाहजाद आउने

इपीएल खेल्न अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान शाहजाद आउने

- Advertisement -spot_img

एभरेष्ट प्रिमियर लिगमा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले खेल्ने भएका छन । शाहजादले यसअघि नै तय भएअनुसार चितवन टाइगर्सबाट खेल्न आउनेछन । 

विकेटकिपर ब्याट्सम्यान शाहजादले इपीएलका लागि खेल्न आउने पक्का भएको चितवनले जनाएको छ । अफगानिस्तानका लागि विस्फोट खेलाडी आउने पक्का भएपछि टिमको हौसला झन बढेको छ । 

अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएपछि इपीएल खेल्न आउन नपाएका शाहजादले एक सन्देशमा अघिल्लो बर्ष जहाँबाट टुंगिएको थियो, त्यहिबाट सुरु गर्ने बताएका छन ।

उनी काठमाडौंमा छक्काको बर्षा गर्न आतुर रहेको बताएका छन । आगामी असोज नौ देखि २३ सम्म हुने प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु