Information is intelligence
HomeEntertainment & Arts‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा

‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा

- Advertisement -spot_img

 हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा गरिएको छ । हलिउड अभिनेता ड्यानियल क्रेग फेरि एकपटक जेम्स बन्डको भूमिकामा देखिँदै छन् ।

कोरोना महामारीका कारण धेरैपटक रोकिएको चलचित्र अन्ततः रिलिज हुने भएको छ । पहिलोपटक सन् २०२० को अप्रिलमा रिलिज मिति तोकिएको थियो ।

चलचित्रको वर्ल्ड प्रिमियर आउँदो सेप्टेम्बर २८ तारिखमा लन्डनको रोयलअल्बर्ट हलमा हुँदै छ । त्यस्तै, लन्डनमा अक्टोबर ८ मा रिलिज हुँदै छ ।

माइकल जी. विल्सन र बारबरा ब्रोकोलीको निर्माण रहेको यो चलचित्रमा करिब २०० मिलियन डलरको लगानी रहेको छ । निर्देशक क्यारी जोजी फुकुनको निर्देशन रहेको चलचित्रमा ड्यानियलको ब्रिटिस गोप्य एजेन्टको रूपमा अन्तिम अभिनय रहनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु