Information is intelligence
HomeEntertainment & Artsकोरोनाका कारण सरेको ‘केजीएफ २’को प्रदर्शन मिति तय, यस्तो छ पोस्टर

कोरोनाका कारण सरेको ‘केजीएफ २’को प्रदर्शन मिति तय, यस्तो छ पोस्टर

- Advertisement -spot_img

सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’को सिक्वेल पनि प्रदर्शनका लागि तयार भैसकेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ ।

KGF chapter 2 – Poster

अब भने यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ ।

यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन सकेन ।

चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु