Information is intelligence
HomeJobsलोक सेवाकै विधिमा इजरायल रोजगारीको परीक्षा

लोक सेवाकै विधिमा इजरायल रोजगारीको परीक्षा

- Advertisement -spot_img

इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छध्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो।

सरकारले सम्झौता अनुसार इजरायल रोजगारी सरकारबाट हाल एक हजार सुसारे (केयर गिभर) सहायक श्रमिकको माग भएकाले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम नौ हजार ६९९ युवाले आवेदन दिएका छन। वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको राम्ररी अध्ययन गरीरहेको जनाएको छ। विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुनेछन्।

इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारीत हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुन विपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारीत हुन अनुरोध गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु