Information is intelligence
HomeNewsरातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनःनिर्माणले गति लिदैँ

रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनःनिर्माणले गति लिदैँ

- Advertisement -spot_img

विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन ।

मन्दिर पुनःनिर्माण पूरा गर्नका लागि सरकारले रु तीन करोड आठ लाख बजेट विनियोजन गरेको थियो । पुरातत्वको महत्वअनुसार निर्माण गर्ने हो भने थप रु तीन करोडभन्दा बढी बजेट आवश्यक पर्ने जानकारले बताएका छन् । मन्दिरको पुनःनिर्माण निकै कठिन भएको जनाउँदै कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको लागत एवं प्राविविधरुपमै पुनरावलोकन गर्नुपर्ने अवश्यकता रहेको बताउनुभयो । पुनःनिर्माणका लागि विनियोजना गरिएको बजेटले काम सम्पन्न हुन नसक्ने देखिएको छ । हालसम्म काम गर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी एवं जडान गरिएको छ ।

त्यसैगरी गजुरको काम, घण्टा जडान, चारै दिशमा सिंहको जोडी राख्ने कार्य सबै बाँकी रहेको छ ।विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा हालै सम्पन्न बैठकले पुनःनिर्माणलाई गति दिने निर्णय गरेको हो । पुनःनिर्माणका लागि आर्थिक, भौतिक एवं प्राविधिक आवश्यकता जोहो गर्ने प्रतिबद्धता भएको छ । रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समिति र पुरातत्व विभागले कोभिड–१९ को जोखिमका कारण पुनःनिर्माणका लागि काठ, ढुङ्गा समयमै उपलब्ध हुन नसकेको जनाउँदै आएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानागरपालिका–२२ स्थित बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो । यस मन्दिरको पुनःनिर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुनःनिर्माण सुरुआत भएको छ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन । स्थानीय सामग्री अभाव, कामदारको आपूर्ति हुन नसक्ने अवस्था, दक्ष कामदार पाउन कठिन, निर्धारित ज्यालामा कामदार नपाउने अवस्था, प्राविधिको अन्योलतालगायत समस्या देखा परेका छन् । त्यसो त यस मन्दिरको पुनःनिर्माण विशिष्ट प्रकारको भएकाले पनि चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउनुहुन्छ । पछिल्लो बैठकपछि पुनःनिर्माणले गति लिने विश्वास गर्दै अध्यक्ष शाक्य भन्छन्, “सबै सरोकार निकायले पुनःनिर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । अब अर्को जात्राका अवसरमा काम पूरा हुनेछ ।” (रा स स )


दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु