Information is intelligence
HomeShare Bazarमानुषीको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस रिजल्ट

मानुषीको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस रिजल्ट

- Advertisement -spot_img

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ सोमवार विहान बाँडफाँट भएको छ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको प्राथमिक सेयर विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । 

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर वितरण भएको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ।

गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता सेयर पाएका छन्। तीन जना आवेदकले भने ११ कित्ता सेयर पाएका छन्।

लघुवित्तको आईपीओमा २३ लाख ५४ हजार ७८४ जनाले आवेदन दिएकोमा ९८.४७ प्रतिशत आवेदकको हात खाली भएको छ।

कम्पनीको सेयर बाँडफाँटको नतिजा अहिले अनलाइनमा उपलब्ध भएपछी यी आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ ।

यो पनि पढ्नुहोस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु