Information is intelligence
HomeCulture & Religionसात दिन सम्म चल्ने गाईजात्रा भक्तपुरमा आजबाट शुरु

सात दिन सम्म चल्ने गाईजात्रा भक्तपुरमा आजबाट शुरु

- Advertisement -spot_img

विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले आफ्ना दिवंगत आत्माको सम्झना स्वरुप बिहानैदेखि जात्रा निकाल्ने गरेका छन् ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच हो । विहान देखि नै आफ्ना दिवंगत आत्माका प्रतिक निकाल्दै घिन्ताङकिसी खेली यो पर्व मनाइंदै आएको छ ।

यस पर्वलाई ब्यङ्ग्यको प्रतिकका रुपमा पनि लिईन कारण यस जात्रामा विभिन्न ब्यङ्ग्य हरुका साथ जात्रा निकाल्ने गरिएको पाईन्छ ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने चलन छ । आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु