Information is intelligence
HomeSportsरोनाल्डोको गोलले मान्यता नपाउदा युभेन्ट्स बराबरीमा रोकियो

रोनाल्डोको गोलले मान्यता नपाउदा युभेन्ट्स बराबरीमा रोकियो

- Advertisement -spot_img

सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भएको थियो । भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो ।

युभेन्ट्सले पहिलो खेलमा १ अंक जोडेको छ । युडिनेजीले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु