Information is intelligence
HomePoliticsएमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

- Advertisement -spot_img

नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक मंगलबार बिहान १० बजे बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका नेताहरुसँगको छलफलपछि बैठक बोलाइएको हो ।

एमाले विभाजन हुनुअगावै माधवकुमार नेपाल पक्षमा रहेका तर विभाजन भइसकेपछि नेपाल समूहमा नगएका स्थायी कमिटी सदस्यहरु एमाले एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए ।

भीम रावल,  घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरु एमाले एकताका लागि भन्दै बालकोट पुगेका हुन् ।

मंगलबार बिहान बोलाइएको स्थायी कमिटी बैठकमा तेस्रो धारमा रहेका नेताहरु पनि उपस्थित हुने प्रवक्ता ज्ञवालीले बताए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु