Information is intelligence
HomePoliticsमाओवादीसँग एकता गर्न उचित नहुने : वामदेव गौतम

माओवादीसँग एकता गर्न उचित नहुने : वामदेव गौतम

- Advertisement -spot_img

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्।

नेता गौतमले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग १७ हजार जनताको रगतमा टेकेर बनेको ऐतिहासिक पृष्ठभूमि रहेको र एमाले संसदीय संघर्षको पृष्ठभूमिबाट बनेको भन्दै एकता सम्भव नभएको दाबी गरे।

माओवादी र एमालेबीच एकता हुँदा आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने कुनै सम्झौता नगरेकाे पनि उनले बताए। गौतमले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठले बालुवाटारमा मध्यरातमा कार्यकाल आधा-आधा बाँड्ने सम्झौता गरेर आफूहरूलाई सुनाएकाे मात्रै बताए।

आफूलाई एकताको जिम्मा दिए ओली र नेपाललाई मिलाएरै छाड्ने उनले दाबी गरे। गौतमले आफूलाई हराउन केपी शर्मा ओली नै लागिपरेको बताए।

प्रधानमन्त्रीको उम्मेदवार भनेर बर्दियाका जनताले प्रचार गरेकै कारण आफूलाई ओलीको नेतृत्वले नै हराएको पनि गौतमले दाबी गरे।

एमालेबाट विभाजित भइ नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले सहकार्यबारे आफूसँग सांगठनिक हैसियतले प्रस्ताव नगरेको पनि उनले बताएका छन्‌। अब नेपाल नेतृत्वको पार्टीमा प्रवेश गरी सरकारमा सहभागी हुने कुनै सम्भावना नभएको उनको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु