Information is intelligence
HomePoliticsलुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रक्रिया सुरू

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रक्रिया सुरू

- Advertisement -spot_img

बुटवल– लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ।

प्रदेश सभाको नवौँ अधिवेशनको तेश्रो बैठक विपक्षीको नाराबाजीबीच केहीबेरमै स्थगित भएको थियो। पुनः साढे २ बजे सुरू भएको बैठकलाई सभामुखले तेश्रो बैठककै रुपमा निरन्तरता दिएका थिए।

९ मिनेट मात्र चलेको बैठकमा ४ वटा विधेयक पेश भएलगत्तै कैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठक बहिस्कार गरेको थियो।

साढे ३ बजेपछि सुरू भएको चौथो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा बिश्वासको मत लिने प्रकृया अघि बढाएका हुन्।

प्रमुख प्रतिपक्ष दलले तेस्रो बैठक पनि बहिस्कार गरेका छन्। प्रमुख प्रतिपक्ष दलका संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेश सभा सचिवालयले विपक्षी दलको माग सुनुवाई नभएकाले बैठकमा उपस्थित नहुने बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु